Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

परियारको फेसबुक अभियानबाट धावाकी मृगौला रोगीको उपचारका लागि २ लाख ३७ हजार आर्थिक सहयोग


3.2K
Shares

परियारको फेसबुक अभियानबाट धावाकी मृगौला रोगीको उपचारका लागि २ लाख ३७ हजार आर्थिक सहयोग

दीपक श्रेष्ठ

गोरखा २३, असोज । दुवै मृगौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० बर्षिया शर्मिला परियारको उपचारका लागि २ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार बचाउँ अभियान’ नै सञ्चालन गरि सामाजिक सञ्जाल मार्फत रकम जम्मा गरि पिडित परिवारलाई प्रदान गरिएको हो ।

अभियान मार्फत कुल २ लाख ३७ हजार १८४ रुपैया रकम संकलन भएको सामाजिक अभियान्ता बालकृष्ण परियारले जानकारी दिनुभयो । ‘संकलन भएको सवै रकम काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पुगेर हिजो बिरामी श्रीमान कृष्णबहादुर परियारलाई उपलब्ध गराइएको होे, उहाँले भन्नुभयो, ‘थोरै प्रयासले कसैको जीवन बचाउन सकिन्छ भने सहयोग गर्नै पर्छ भन्ने लागेको म आफैले अभियानको थालनी गरेको हुँ ।’

अभियान्ता परियारले सामाजिक सञ्जालबाट नै पिडितको दुःख थाहा पाएपछि आर्थिक संकलनका लागि अभियान थालेको जानकारी दिनुभयो । ‘फेसबुक चलाउदै गर्दा पिडितका श्रीमानले श्रीमतीको उपचारका लागि सामाजिक सञ्जालमा बिलौना गरेको देखे, उहाँले भन्नुभयो, गरिखाने ट्याक्सी बिक्रि गरीसक्दा समेत श्रीमतीको उपचारका लागि पैसा नपुगेको भन्ने थाहा पाएपछि आफ्नो सम्र्पकमा रहेका साथीभाईहरुलाई हारगुहार गरेर सो रकम जुटाएर पिडितलाई उपलब्ध गराइएको हो ।’

उहाँले जापान, साउदी अरेबिया र मलेसियामा लगायतका देशमा रहेका साथीहरुबाट करिब ७० हजार सहयोग जुटाएको र बाँकी रकम नेपाल भित्रबाट जुटाएको बताउनुभयो । ‘सहयोगी मनहरुले जसले जतिसक्नु भयो उती नै सहयोग गर्नुभयो, अभियान्ता परियारले भन्नुभयो, जसरी पनि पिडितको उपचारका लागि मैले खर्च जुटाउनुपर्छ भन्ने मनैदेखि लागेर सहयोग जुटाउन थालेको थिए ।’

४० परियारको उपचारमा अहिलेसम्मका करिब १० लाख रुपैया भन्दा बढी खर्च भईसकेको पिडितका श्रीमान कृष्णबहादुर परियारले बताउनुभयो । ‘दैनिक ६÷७ हजार भन्दाबढि रकम खर्च हुन्छ, उहाँले भन्नुभयो, साउनदेखि यता अस्पतामा भर्ना गरेर उपचार गरिरहेको छु, घरको आर्थिक अबस्था राम्रो नभएकाले पनि श्रीमतीको उपचार गर्न सक्ने अबस्था नै नभएपछि सवैलाई गुहार्नु परेको छ ।’ गएको साउन महिनादेखि अस्पताल भर्ना हुनुभएकी उहाँ मुटु रोगी समेत हुनुहुन्छ ।

‘अहिलेको मुटुको उपचार भइरहेको छ, पिडितका श्रीमान कृष्णबहादुरले भन्नुभयो, ‘मुटुको उपचार निको भएपछि मृगौला प्रत्यारोपण गर्ने वा के गर्ने भन्ने निश्चित हुन्छ भनेर डाक्टरहरुले भन्नुभएको छ तर उपचारका लागि अझै पैसा पुगेको छैन कहाँबाट जुटाउने खै ।’ शर्मिलाको यसअघि पनि २ पटक मुटुमा पानी जमेपछि अप्रेसन समेत गरिसकिएको उहाँले बताउनुभयो ।

‘जसोतसो गरेर एउटा ट्याक्सी किनेर चलाउदै परिवार पाल्दै आएको थिए, कृष्णबहादुरले भन्नुभयो, ‘अहिले श्रीमतीको उपचारमा समस्या परेपछि त्यो पनि बेचेर उपचार गरिरहेको छु अझै रकम पुगेन अब कहाँ कसलाई भनुँ ।’ आफुसंग कुनै उपाय नभएपछि सहयोगीहरुले जुटाइदिएको रकमले अहिले श्रीमतीका लागि उपचार खर्च टार्दै आएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology