गोरखा २३, असोज ।गोरखामा एकै १४ प्रहरी सहित १५ जनामा शुक्रबार कोरोना संक्रमणको पुष्टी भएको छ । बाह्रकिलो प्रहरीचौकीमा कार्यरत एक प्रहरीमा कोरोना संक्रणमको पुष्टी भएपछि उनको सम्र्पकमा आएका अन्य प्रहरीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनिहरुको कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी भयो ।
संक्रमण देखिएकाहरु १४ प्रहरीमध्ये प्रहरीदेखि प्रहरी नायव निरीक्षक (सई) सम्मका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । ‘कन्ट्रयाक्ट ट्रेसिङमा गरिएका मध्ये १४ जनाको पुष्टी भएको छ, उहाँले भन्नुभयो,‘उनिहरु सवै क्वारेन्टिनमा बस्दै आएका छन् ।’ कन्ट्रयाक्ट ट्रेसिङमा परेका अन्य समेत क्वारेन्टिनमा रहेको उहाँको भनाई छ ।
त्यस्तै शुक्रबार संक्रमणको पुष्टी भएका अर्का व्यक्ति गोरखा सदरमुकाम स्थित होटल प्याराडाईजको क्वारेन्टिनमा रहेकी महिला भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिनुभयो । उनि भारतबाट आएर होटलको क्वारेन्टिनमा बस्दै आएकी छिन् । जिल्लामा यो सहित ३०८ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।\