Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पारिवारिक लेनदेनको विवादमा श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती


9.1K
Shares

पारिवारिक लेनदेनको विवादमा श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती

काठमाण्डौ । सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology