गोरखा २० असोज । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ मा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले वडा वडा नम्बर ७ मा ४२ बर्षिय एक पुरुष र वडा नम्बर ८ मा ४ बर्षकी एक बालिकामा कोरोना देखिएको जनाएको छ ।
संक्रमण पुष्टी भएका पुरुष भारतबाट फर्किएर होमक्वारेन्टिनमा बस्दै आएका थिए । वडा नम्बर ८ की बालिकाको भने कन्ट्रयाक्ट ट्रेसिङका क्रममा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।