Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा थप एकजनामा कोरोना संक्रमणको पुष्टी


2K
Shares

गोरखामा थप एकजनामा कोरोना संक्रमणको पुष्टी

गोरखा २०, असोज । गोरखामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार जारी गरेको बिज्ञप्तीमा जिल्लाको सिरानचोक गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टी भएको जनाइएको छ ।

संक्रमण पुष्टि हुनेमा वडा नम्बर ३ का २२ बर्षिय पुरुष रहेको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । चितवन मेडिकल कलेज चितवनमा गरिएको पिसिआर परीक्षणका क्रममा ति पुरुषलाई कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology