गोरखा १९, असोज । गोरखा क्याम्पसको आइसोलेनमा उपचाररत थप ३ जना कोरोना संक्रमित निको भएर आज घर फर्किएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिकामा कार्यरत दाङ घरमा भएका ३० बर्षका एक पुरुष, गोरखा नगरपालिका ८ का ३८ बर्षका पुरुष र पालुङटार नगरपालिका ५ का २२ बर्षका पुरुष आइसोलेसनबाट डिस्चार्ज भएका अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
उहाँहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको स्वाब परिक्षण नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । अब गोरखा अस्पतालका आइसोलेसनमा १ महिला सहित ६ जना बाँकी रहेका छन् ।