Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई राहत रकम बितरण


3.1K
Shares

बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई राहत रकम बितरण

गोरखा १७, असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई आज राहत रकम बितरण गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ का पहिरो पिडितहरुलाई राहत रकम उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

केही समय अघि परेको अबिरल बर्षा पछि गएको पहिरोले घर क्षति पु¥याएका १२ घर परिवारलाई राहात उपलब्ध गराइएको उहाँको भनाई छ । पिडितलाई प्रति परिवार रु १५ हजार रुपैयाका दरले राहात उपलब्ध गराइएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

‘गाउँपालिकाका ४ वटा वडाका पहिरोले क्षति पु¥याएका १२ घर परिवारलाई राहत रकम बितरण भएको छ, उहाँले भन्नुभयो, हामीले पहिरोबाट क्षति पु¥याएका घर परिवारको तथ्याङक संकलन गरि जिल्ला प्रसासन कार्यालयलाई पठाएका थियौ ।

राहत रकम बितरणका लागि जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङm प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, लगायत बारपाक सुलिकोट गाउँपालिका पुगेको थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology