गोरखा १६, असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल गोरखाको जिल्ला इन्चार्जमा खिलबहादुर रानालाई चयन गरिएको छ । युवासंघ नेपालको यही असोज १४ र १५ गते बसेको बैठकले राष्ट्रिय एकता भेला र केन्द्रिय कमिटि बैठकले दिएको म्यान्डेड अनुसार सवै जिल्लामा संघको जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।
बैठकले संघको गोरखा जिल्ला सहइन्चार्जमा दिनेश तमुलाई जिम्मेवारी दिएको छ । तत्कालिन नेकपा एमाले र माओबादी बिच पार्टी एकता भएको लामो समयपछि युवा संघको जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकिएको हो । इन्चार्ज राना तत्कालिन युवासंघमा आबद्ध हुनुहुन्थ्यो भने तमु वाईसियलमा आबद्ध हुनुहुन्थ्यो ।
इन्चार्ज राना गोरखा नगरपालिका ५ पस्लाङका हुन भने सहसंयोजक तमु गोरखा नगरपालिका ४ फिनामका हुन् । यस अघि दुई संगठन बिच एकता भएसंगै संंघको गोरखा संयोजकमा असोक शर्मा भट्ट र सहसंयोजकमा भीम सुनारलाई जिम्मेवारी दिइसकेको छ ।