Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राहातका लागि रोजगारी दिने बारपाक सुलिकोट गाउँपालिकाको तयारी


5.5K
Shares

राहातका लागि रोजगारी दिने बारपाक सुलिकोट गाउँपालिकाको तयारी

गोरखा १६, असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले राहात दिनुपर्ने नागरिकहरुलाई रोजगारी दिने तयारी गरेको छ । गाउँपालिकाले नेपालीहरुको महान पर्व सुरु हुन लागेको पूर्वसन्ध्यामा कोभिड–१९ को कारण रोजगारी गुमाएका श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै रोजगारी दिने तयारी थालेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

‘बिपन्न समुदायलाई लक्षित गरि राहातका लागि रोजगारी कार्यक्रम सञ्चालनका लागि गाउँकार्यापालिकाको बैठकले निर्णय गरिसकेको छ, उहाँले भन्नुभयो, ‘काम बिहिन जनसमुदाय त था बिपन्न नागरिकहरुलाई रोजगारीमा सहभागी गराउने छौ ।’ अध्यक्ष भट्टले कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक नागरिकहरुले दैनिक ६ सय ५० रुपैयाका दरले ज्याला प्राप्त गर्ने बताउनुभयो ।

‘राहातका लागि रोजगारीमा सहभागी हुन चाहाने नागरिकहरुले दैनिक ८ घण्टा काम गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘काम गरिसकेपछिको भुक्तानी वडा कार्यालयले कामको अनुगमन गरिसकेपछि वडा कार्यालय मार्फत नै हुनेछ । उहाँले रोजगारीमा सहभागी हुन चाहाने नागरिकहरुलाई लागि गाउँपालिकाले यही बुधबार सूचना समेत जारी गरि सकेको बताउनुभयो ।

गाउँपालिकाले ल्याएको राहातका लागि रोजगारी कार्यक्रम अन्तरगत स्थानीय औजार तथा निर्माण सामग्रीको प्रयोग गरि काम गर्ने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology