Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

धावामा समुहमा आलुखेती गर्न चाहाने किसानलाई बिउ सित्तैमा


4.6K
Shares

धावामा समुहमा आलुखेती गर्न चाहाने किसानलाई बिउ सित्तैमा

गोरखा १५, असोज ।  गोरखाको भीमसेन थापा गाँउपालिका वडा नम्बर ४ ले समुहगत रुपमा आलु खेती गर्न चाहाने किसानहरुलाई अनुदानमा बिउ उपलब्ध गराउने भएको छ । वडा भित्र आलु खेतीको व्यवसायिक सूरुवात गर्न भन्दै गाउँपालिकाबाट कार्यक्रम अन्तरगत समुहगत रुपमा आलु खेती गर्ने किसानलाई बिउ उपलब्ध गराउन लागिएको वडाध्यक्ष मदन शाक्यले जानकारी दिनुभयो ।

‘गाउँपालिकाबाट प्राप्त अनुदान कषकहरुलाई उपलब्ध गराउन लागिएको हो, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, अनुदान लिन चाहाने कृषकहरुको समुह गाउँपालिकामा दर्ता भएको हुनुपर्छ ।’ उहाँले एउटा समुहमा कम्तीमा १० जना कृषक संलग्न भएमात्र अनुदान उपलब्ध गराइने बताउनुभयो ।

समुहलाई बिउ उपलब्ध गराउदा आलु खेती गर्ने समुहको जग्गाको क्षेत्रफलका आधारमा आबश्यकता हेरेर मात्र बिउ उपलब्ध गराउने वडाध्यक्ष श्रेष्ठको भनाई छ । अनुदान लिन चाहाने किसानहरुले असोज २० गतेभित्रमा निवदेन दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology