Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकामको हरमटारीकी १ महिला सहित ३ जनाका आज कोरोना पुष्टी


2.7K
Shares

गोरखा सदरमुकामको हरमटारीकी १ महिला सहित ३ जनाका आज कोरोना पुष्टी

गोरखा १३, असोज । गोरखामा आज थप ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका–८ का ३२ बर्षिय एक पुरुष, वडा नम्बर ६ का ३५ बर्षकी एक महिला र बिरगन्जबाट कामका लागि आएका १७ बर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

हरमटारीकी कोरोना संक्रमण पुष्टी भएकी महिला चुमनुव्री गाउँपालिकाका कर्मचारीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएकी व्यक्ति रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

त्यस्तै अर्का ३२ बर्षिय पुरुष भने नेपाल प्रहरीमा कार्यरत रहेको र उनि घर बिदामा आइ क्वारेन्टिनमा बस्दै आएका छन् भने बिरगन्ञबाट आएका संक्रमण पुष्टी भएका युवक जिल्लाको भीमसेन थापा गाउँपालिकामा कामका लागि आएको पुष्टी भएको गोरखा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology