बालिङ १३, असोज । वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर मंगलबार एकजनाको मृत्यु भएको छ । वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापाको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालुवा निकाल्ने क्रममा बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् ।