Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा अस्पतालमा १८ महिनादेखि रोकिएको अप्रेसन सेवा आजदेखि सुुरु


6.5K
Shares

गोरखा अस्पतालमा १८ महिनादेखि रोकिएको अप्रेसन सेवा आजदेखि सुुरु

गोरखा १३, असोज । गोरखा अस्पतालमा गएको १८ महिनादेखि रोकिएको अप्रेसन सेवा आजदेखी सुचारु भएको छ। अस्पतालले आवास भवनमा नै अप्रेसन थ्रिएर तयार पारी अप्रेसन सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

बारपाक सुलिकोटकी गर्भवती महिलाको अप्रेसन गरि शिशुलाई जन्म दिएसंगै अब अस्पतालमा सुत्केरी गराउन आएका गर्भवती महिलाको अप्रेसन गर्नुपर्ने अबस्था आए अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा थप ४ जना विशेषज्ञ चिकित्सक आए संगै रोकिएको सेबा बिस्तार भएको अस्पतालले जनाएको छ गोरखा अस्प्तालमा अहिले १ जना एम.डि जि.पि (इमर्जेन्सी विशेषज्ञ) १ जना जनरल फिजिसियन, एक जना प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र एक जना मानसिक रोग विशेषज्ञ रहनु भएको छ । फोटो सौजन्य : कृष्ण ढकाल गोरखा अस्पताल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology