Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सोह्रखुट्टे र स्वयम्भू कोरोनाको हटस्पट बन्दै


4.9K
Shares

सोह्रखुट्टे र स्वयम्भू कोरोनाको हटस्पट बन्दै

काठमाण्डौ १३, असोज । कोरोना संक्रमण उच्च जोखिम रहेको काठमाण्डौ उपत्यका भित्र दुई क्षेत्र कोरोनाको हटस्पट बन्दै गएको छ । संक्रमणदर तिव्र बृद्धि हुदै आएको काठमाण्डौ महनगरपािलकाको वडा नम्बर १६ स्थित सोह्रखुट्टे र वडा नम्बर १५ स्थित स्वयम्भू क्षेत्रमा संक्रमण उच्च रहेको पाइएको हो ।

सोह्रखुट्टेमा ५ सय ७२ जनामा कोरोना संक्रमण भएको छ भने स्वयम्भूमा ७ सय ८१ जनामा संक्रमणको पुष्टी भइसकेको छ । संक्रमणबाट स्वयम्भूमा ४ जना र सोह्रखुट्टेमा ३ जनाको ज्यान गइसकेको छ ।काठमाडौं महानगरपालिकामा अहिलेसम्म ८ हजार ५ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।त्यसमध्ये ७० जनाको मृत्यु भएको छ ।

महानगरको वडा नम्बर ३ महाराजगञ्जमा ४ सय ८१ जना, वडा नम्बर ११ त्रिपुरेश्वरमा ५ सय १६ जना, वडा नम्बर १३ कालिमाटीमा ४ सय ६९ र वडा नम्बर १४ कलंकीमा संक्रमितको संख्या ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।त्यस्तै वडा नबर ३२ कोटेश्वरमा ४ सय ४९ जनामा कोरोना संक्रमण भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology