Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा साउन यता मात्र प्रहरीद्धारा ४३ जना फरार प्रतिबादी पक्राउ


2.9K
Shares

गोरखामा साउन यता मात्र प्रहरीद्धारा ४३ जना फरार प्रतिबादी पक्राउ

गोरखा १३, असोज ।  जिल्ला प्रहरी कार्यालय गोरखाले गएको साउन यता ४३ जना फरार प्रतिबादीलाई पक्राउ गरि फैसला कार्यान्व्यनका लागि बुझाएको छ । गोरखा जिल्ला अदालत र अन्य न्यायिक निकायबाट सजाय फैसला सुनाई फरार रहेका प्रतिबादीहरुको खोजी कार्यलाई तिव्र पारेर गोरखा प्रहरीले पछिल्लो करिब साढे २ महिनाको अबधीमै ४३ जनालाई पक्राउ गरेको जनाएको छ ।

अभियान अन्र्तगत आइतबार मात्र २ जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका वडा न १ घर भएका ४१ बर्षिय सानुबाबु बाँनिया र गोरखा नगरपालिका वडा नम्बर १२ का सुरज कुमाल रहेका छन् ।

पक्राउ परेका बाँनिया सवारी ज्यान मुद्धामा जिल्ला अदालत गोरखाले सजाय फैसला सुनाएका व्यक्ति हुन् भने अर्का प्रतिबादी सार्वजनिक मुद्धामा सजाय सुनाएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology