Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दुवै मृगौला फेल पालुङटारकी कमरको उपचार गर्न आर्थिक अभाव, बिदेशमा सहयोग संकलन सुरु


3.3K
Shares

दुवै मृगौला फेल पालुङटारकी कमरको उपचार गर्न आर्थिक अभाव, बिदेशमा सहयोग संकलन सुरु

गोरखा १३, असोज । दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ घर भएकी गीता कमरको सहयोगको लािग बिदेशबाट आर्थिक संकलनको काम सुरु भएको छ । मृगौला पिडित कमरको उपचारका गर्न साउदी तथा कतारबाट आर्थिक संकलन गर्न सुरु भएको हो । रकम अभावका कारण उपचारमा समस्या भोगी रहनु भएकी उहाँको उपचारका लािग पोर्चुगलमा काम गर्दै आएकी सुमित्र घिमिरे र दुवईमा रहेका रमेश बस्ताकोटीले सामाजिक सन्जाल मार्फत आवहन गर्नुभएको थियो ।

सामाजिक सञ्जाल मार्फत अभियान सुरु भएसगै पहिलो चरणमा २ लाख २८ हजार १ सय ४० रुपैया आर्थिक सहयोग संकलन भएको जनाइएको छ । संकलित भएको रकम मध्ये दुवईमा रहेका १ सय २२ जना नेपालीहरुबाट मात्रै करिब १ लाख १४ हजार ८ सय रुपैया संकलन भएको छ । संकलित रकम मृगौला पिडित गीताकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा रकम भएको छ । आर्थिक संकलनको काम अझै जारी रहेकाले सवै सहयोगका अभियान्ताहरुले अपिल गरेका छन् ।

बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या आएपछि उपचार गराईरहनु भएकी गीताको उपचारको सवैलाई सहयोग गर्न समेत उनिहरुले सामाजिक सञचालन मार्फत आग्रह गरेका तन् । उहाँलाई सहयोगको लागि सहयोग गर्न चाहनेहरुले डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं १०३०११०६८८२८८७०००००१ मा जम्मा गरेर सहयोग गर्न अपिल गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology