Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपाली सेनाले गोरखामा बनायो २५ लाखको लागतमा बिधालय भवन


3.4K
Shares

नेपाली सेनाले गोरखामा  बनायो २५ लाखको लागतमा बिधालय भवन

गोरखा ११, असार । गोरखा नगरपालिका–८ मा नेपाली सेनाले निर्माण गरेको बिधालय भवन आज हस्तान्रतण गरिएको छ । नेपाली सेनाले निर्माण गरेको ४ कोठे बिद्यालय भवन आज हस्तान्तरण गरिएको रणसिहं दल गण गोरखाका गणपति उज्वल केसीले जानकारी दिनुभयो । भुकम्पले क्षति पु¥याएको नेपाल राष्ट्रिय भूपु सैनिक आवासीय विद्यालयको नवनिर्मित भवन नेपाली सेना ३ नम्वर वाहिनीपति सहायक रथी सागरबहादुर थापाले उद्घाटन संगै आज बिधालयलाई हस्तारन्तरण गर्नुभयो ।

रण सिंह दल गणले २५ लाखको लागतमा निर्माण सम्पन्न गरेको नवनिर्मित भवनको उदघाटन कार्यक्रममा बोल्दै सहायक रथी थापाले भवन निर्माणले सैनिक र नागरिक बिचको सम्बन्ध उच्च बनाएको भन्दै भूपु यस्तो कार्यले भूपु सैनिकहरुको पनि सम्मान भएको बताउनुभयो । कार्यक्रममा नव निर्मित भवनको साँकेतिक चाँबी नेपाल राष्ट्रिय भूपु सैनिक संघ गोरखाका अध्यक्ष हितमान सिं बस्नेतलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयको ४ कोठे भवन नेपाली सेनाको सिग्र प्रभाव आयोजना अन्तरगत विनियोजित रकमबाट निर्माण गरिएको रणसिं दल गणका गणपती केसीले जानकारी दिनुभयो । ९ महिनामा सम्पन्न गरिएको उत्त भवन २०७६ पुसबाट निर्माण सुरु भएको थियो । उक्त बिधालयमा २०० जना विद्यार्थी अध्ययनरत बिद्यालय कक्षा ६ सम्म सञ्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology