Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बृद्धा हत्याको आरोपमा गोरखा भीमसेन थापा गाउँपालिका एक व्यक्ति पक्राउ


3K
Shares

बृद्धा हत्याको आरोपमा गोरखा भीमसेन थापा गाउँपालिका एक व्यक्ति पक्राउ

गोरखा १०, असोज । तनहुँका एक बृद्धाको हत्याको आरोपमा प्रहरीले गोरखाका एक व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार बिहान तनहुँको शुक्लागण्डकी ७ कुम्लेखोलाका ६० वर्षिया वृद्धा तेज कुमारी ढकाल हत्याको आरोपमा गोरखा भीमसेन थापा गाउँपालिका–१ बसेनी घर भएका ४६ वर्षिय शिव गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक ढकालको शव आफ्नै घर भित्र फेला परेको थियो । उनको लुटपाटपछि हत्या गरिएको थियो । ढकालको शव आफ्नै घरभित्र भुईमा दुबै हात, खुट्टा र घाँटीमा सलले बाँधिएको अवस्थामा फेला परेको थियो । गौतमलाई हिजोदिउसो ३ बजेको समयमा व्यास नगरपालिका वडा नं २ सहिदगेटबाट हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल समेतको टोली घटनास्थलमा गई घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बृद्धा हत्याको आरोपमा गोरखा भीमसेन थापा गाउँपालिका एक व्यक्ति पक्राउगौतमलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology