गोरखा ८, असोज । लगातार परेको अबिर बर्षाका कारण गोरखाको जनजिवन प्रभावित भएको छ । गएको मंगलबार साँझदेखि परेको अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको स्वाँरा जोड्ने सडकखण्ड पहिराले अबरुद्ध भएको छ भने दरौदी, बुढीगण्डकी, मस्याङदी लगायतका नदीहरुमा बहाव बढ्दा बस्तीहरुमा त्रास बढेको छ ।
भुकम्पले क्षति पु¥याएको उत्तरी गोरखाको कमजोर भूबस्तीहरु पहिरोको चपेटमा परेका छन् । जिल्ला भित्र अहिलेसम्म कुनै ठूलो क्षति नभएको भएपनि बिभिन्न ठाउँका बस्तीहरु पहिरोको जोखिममा परेका छन् ।
पहिरोको उच्च जोखिम रहेकाले सचेत रहन नागरिकहरुलाई आग्रह गरिएको छ । अझै वर्षा अरु तीन दिनसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको मौसमविदहरुले बताएका छन् ।