Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राष्ट्रसंघमा उठ्यो जम्मु–कश्मीरको मुद्दा


4.3K
Shares

राष्ट्रसंघमा उठ्यो जम्मु–कश्मीरको मुद्दा

काठमाण्डौ ७, असोज । टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाएको छ । यो विषयमा भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताउनुभयो ।

भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उहाँको भनाइ थियो । अर्दोआनको यो टिप्पणीप्रति संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताउनुभएको छ । ‘भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ । टर्कीले दोस्रो देशको सम्प्रभूतालाई सम्मान गर्न सिक्नुपर्छ ।’ त्रिमूर्तिले थप्नुभयो ।

एक दिन अगाडि पनि पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठाउनुभएको थियो । भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology