Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको एक वडामा दशैमा घर आउनलाई अनिबार्य पिसिआर रिर्पोट चाहिने


4.1K
Shares

गोरखाको एक वडामा दशैमा घर आउनलाई अनिबार्य पिसिआर रिर्पोट चाहिने

गोरखा ६, असोज । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले वडा बाहिर रहेकाहरु दशैमा घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय गरेको छ । वडाध्यक्ष सुरज ढकालले एक सूचना जारी गर्दै दशै तथा चाडपर्व नजिकिदै गएका बेला घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय भएको उल्लेख गर्नुभएको छ ।

पिसिआर रिर्पोट लिएर आएकाहरु पनि वडा भित्र प्रबेश गरेसंगै थप १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम समेत बनाइएको वडाध्यक्ष ढकालद्धारा जारी गरिएको सूचनामा भनिएको छ । त्यस्तै वडा भित्र आउदा स्थानीय कोरोना प्रतिकार्य समुहलाई पूर्व सूचना दिएर मात्र आउनु पर्ने तथा वडा कार्यालयको नियम उल्लधन गरेको पाइएको गाउँमा बाहिरबाट आएका व्यक्तिलाई सामुहिक क्वारेन्टिनमा राखिने र त्यसको खर्च समेत व्यक्तिले बेहोर्नु पर्ने निर्णय वडा कार्यालये गरेको छ ।

गाउँमा प्रवेश गर्ने र क्वारेन्टिनमा बसेका मानिसको निग्रानी भने स्थानीय कोरोना प्रतिकार्य समितिले वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले अन्य सर्वसाधरणलाई पनि सरकारले तोकेका स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology