गोरखा ४, असोज । ६ दिनदेखि हराई रहेका गोरखाका राजकुमार भण्डारीको खोजी गरिदिन परिवारले अपिल गरेको छ । गोरखा नगरपालिका वडा नम्वर १२ देउराली घर भएका ३० वर्षिय राजकुमार भण्डारी भदौ ३० गतेदेखि हराईरहनु भएको छ । अझैसम्म उहाँको अवस्थाबारे जानकारी नभएको परिवारले जनाएको छ । दरौँदी बगरमा मोवाइल, पैसा, कपडा लगायतका समान माछा मार्न जाने टोली फेला पारेको र उहाँकोे अझै कुनै पत्ता नलागेको परिवार स्रोतले जनाएको छ ।
प्रहरीमा भण्डारी हराएको बारेमा खबर गरिएको छ, नदि किनारामा सामग्री भेटिएकोले दरौँदीमा पस्नु भयो की भनेर दासढुङ्गासम्म खोज्यौँ तर पत्ता लगाउन सकिएन उहाँकी श्रीमती कविताले भण्डारीले भन्नुभयो । बगरमा सामग्री राखेर कतै गाउँतिर पस्नु भयो की आजसम्म पनि आउनु भएन , उहाँले भन्नुभयो ।
धादिङ जिल्ला स्थायी घर भएका भण्डारी गोरखा नगरपालिका वडा नम्बर १२ घर निर्माण गरी बस्दै आएका थिए । भण्डारीलाई फेला पार्ने जो कसैले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन गोरखा प्रहरीले आग्रह गरेको छ ।