धादिङ,४ असोज । पृथ्वी राजमार्ग अन्तरगत पर्ने धादिङको गल्छी गाउँपालिकाको चरौदी पुल नजिकैबाट पेट्रोलियम पर्दाथ बोकेको ट्याक्टर त्रिसुली नदीमा खसेको छ । नदीमा खसेको ट्याङ्करमा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिनुभयो ।
कति नम्बरको ट्याङकर कताबाट आएको भन्ने बारेमा पहिचान नभएको उहाँको भनाई छ । ट्याङकरमा कति जना थिए भन्ने बारेमा समेत खुल्न सकेको छैन । नदीमा खसेर पनि आगलागी भएको ट्याक्टर झिक्ने प्रयास भइरहेको खत्रीले बताउनुभयो ।
अहिलेसम्म उक्त सवारीका कोही पनि सम्पर्कमा नआएको ट्राफिक प्रहरीले जनाएको छ । ट्याङ्कर सडकबाट करिव दुई सय फिट तल त्रिशुली नदी किनारामा पानीमा परेको छ । प्रहरी अहिले घटना स्थलमा खोजी ताथा उद्दारमा लागी रहेको ट्राफिक प्रहरी प्रमुख भट्टले जनाकारी दिनुभयो ।