Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन म्याद थप 


2.6K
Shares

दीपक मनाङेलाई अनुसन्धानका लागि दुई दिन म्याद थप 

काठमाण्डौ, १० माघ । कास्कीका एन्फा अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ दीपक मनाङेलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन म्याद थपेको छ ।

म्याद थपिएपछि प्रशासनबाट बाहिरिँदै मनाङेले ठगलाई कारबाहीको दायरामा ल्याउन आफू सफल भएको प्रतिक्रिया दिनुभएको छ । ‘त्यही ठगीको विरुद्ध मैले झापड हानेको हुँ । अहिले मिलनलाई पनि पक्राउ गरेको सुनेपछि खुसी लागेको छ, मनाङेको प्रतिक्रिया थियो ।

यसैबीच, बैंकिङ कसुर अभियोगमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । पोखराको न्युरोडबाट गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङ् बिरुद्ध पोखराको लेकसाइडस्थित ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेले खेल व्यवस्थापन राम्रो नगरेको भन्दै मंगलबार मिलनलाई कुटपिट गरेको आरोपमा प्रक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology