Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गलवानमा चिनियाँ सैनिकको मृत्यु भएको ग्लोबल टाइम्सद्वारा स्विकार


5.1K
Shares

गलवानमा चिनियाँ सैनिकको मृत्यु भएको ग्लोबल टाइम्सद्वारा स्विकार

एजेन्सी २ असोज ।भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्ति बारे समाचार प्रकाशित गरिन्छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई कम्युनिष्ट पार्टीको मुखपत्र भनिन्छ ।१५ जूनमा गलवान घाटीमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

चीनका सैनिक कति संख्यामा हताहत भए यसको आधिकारिक जानकारी हालसम्म पाउन सकिएको छैन । ग्लोबल टाइम्सजस्तो पत्रिकाले पनि चिनियाँ सैनिकको मृत्यु अस्विकार गर्दै आएको छ । अब पहिलो पटक यसै पत्रिकाका सम्पादकले चिनियाँ पक्षको क्षतीबारे स्विकारेका छन् ।

यो पत्रिकाका सम्पादक हू शिजिनले बिहिबार आफ्नो ट्वीटमा भने, ‘जति मलाई थाहा छ त्यसको हिसाबले गलवान घाटीमा १५ जूनमा भारतका २० सैनिकको मृत्युको तुलनामा चिनियाँ सैनिक निकै कम हताहत भएका थिए । चिनियाँ सैनिक कसैलाई पनि भारतीय सैनिकले पक्राउ गरेका थिएनन् जबकी पिएलए ‘चीनको पिपल्स लिबरेशन आर्मी’ का जवानले थुप्रै भारतीय सैनिकलाई पक्राउ गरेका थिए ।’

यो ट्वीटसहित एक भारतीय समाचार रिपोर्टको स्क्रिनसट पनि राखिएको थियो जसमा फेक न्यूजको मार्क लगाइएको थियो ।थुप्रै दशकमा दुई देशको सीमामा भएको यो पहिलो घटना थियो । त्यतिबेला चीनले आफ्नो बयानमा उनका कुनै पनि सैनिकको मृत्यु भए नभएको जानकारी दिएको थिएन । दुई देशको सीमामा अहिले पनि तनाव छ । बिहिबार रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसामू नझुक्ने र हरेक प्रकारको चुनौतीका लागि तयार भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology