Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा नेगेटिभ रिर्पोट नआउदै कोरोना संक्रमितलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको खुलासा


1.4K
Shares

गोरखामा नेगेटिभ रिर्पोट नआउदै कोरोना संक्रमितलाई आइसोलेसनबाट डिस्चार्ज गरिएको खुलासा

गोरखा २, असोज । गोरखामा कोरोना निको नै नभएका संक्रमितलाई समेत अस्पतालबाट डिस्चार्ज गरेको खुलासा भएको छ । गोरखा नगरपालिका–१३ का जना पुरुष र २ जना महिलालाई कोरोना रिर्पोट पोजेटिभ हुदाहुदै पनि अस्पतालबाट डिस्चार्ज गरेको पाइएको हो । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत उनिहरुलाई मंगलबार डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

‘आइसोलेसनमा बसेको दश दिन पुगेपछि पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पठायौ, उनीहरुको रिपोर्ट फेरी पोजेटिभ आयो,’ सूचना अधिकारी ढकालले भन्नुभयो, ‘थप चार दिन आइसोलेसनमा राखेर डिस्चार्ज ग¥यौ ।’ तर अस्पतालबाट डिस्चार्ज गर्दा उनिहरुको कोरोना रिर्पोट नेगेटिभ आइ नसकेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ सम्बन्धी निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई दश दिन आइसोलेसन मा राखेर पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपनि थप चार दिन राखेर डिस्चार्ज गर्न मिल्ने व्यवस्था रहेकाले उनिहरुलाई डिस्चार्ज गरिएको अस्पताले दावी गरेको छ ।
स्थानीय तह, जनप्रतिनिधी र प्रशासनसँग समन्वय गरेर उनीहरुलाइ डिस्चार्ज गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा सन्तोष वास्तोलाले बताउनुभयो ।

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाले लक्षण नदेखिएका संक्रमितको हकमा १४ दिन आइसोलेसनमा राखेपछि रिपोर्ट पोजेटिभ आएपनि डिस्चार्ज गर्न मिल्ने बताएको छ,’ डा. बस्तोलाले भन्नुभयो, ‘उहाहरु आइसोलेसनमा आएको १५ दिन बढी भइसकेको थियो त्यसैले रिपोर्ट पोजेटिभ आएपनि डिस्चार्ज गरेका हौ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology