Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आधिकारिक ट्रेड युनियनको निर्वाचन तयारी सुरु : तीन संगठन चुनावी प्रतिस्पर्धामा


3.9K
Shares

गोरखामा आधिकारिक ट्रेड युनियनको निर्वाचन तयारी सुरु : तीन संगठन चुनावी प्रतिस्पर्धामा

गोरखा १, असोज । गोरखामा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारी सुरु भएको छ । निर्वाचनको तयारीका लागि निर्वाचन कार्यालय स्थापना भएको कार्यालय स्थापना समेत गरिएको हो । यहीँ असोज २४ गते हुने निर्वाचनका लागि सरकारी वकिलको कार्यालयमा मुख्य निर्वाचन अधिकृत कार्यालयको रुपमा स्थापना गरिएको राष्ट्रिय कर्मचारी महासंघ गोरखाका अध्यक्ष ऋृषिराम खत्रीले जानकारी दिनुभयो ।

कार्यालय स्थापना भएसंगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आज नै निर्वाचन सम्बन्धी कार्य तालिका सार्वजनिक गरेको छ । कार्य तालिकामा असोज ९ गते मतदाता नामावाली प्रकाशन, ११ गते मतदाता नामावली उपर दावी बिरोध, १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन, र १४ गते उमेद्वारी दर्ताको कार्य तालिका तोकिएको छ । त्यस्तै असोज १५ गते उमेद्वारको नाम फिर्ता, उमेद्वारको नाममा दावी बिरोध, १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र २४ गते मतदानको कार्य तालिका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्धारण गरेको छ ।

यो पटकको निर्वाचनमा २०७५ साल भन्दा अघि स्थायी भएका कर्मचारी मात्र चुनावमा भाग लिन पाउनेछन् । त्यस्तै निर्वाचनमा श्रेणी बिहिनदेखि अधिकृत सम्मले निर्वाचनमा भाग लिन पाउनेछन् तर कार्यालय प्रमुखको रुपमा रहेका अधिकृतले पनि निर्वाचनमा भाग लिन नपाउने प्रावधान रहेको छ । निर्वाचनको घोषणासंगै जिल्ला भित्र क्रिया बिभिन्न ३ वटा संगठनले नजिता आफ्नो पक्षमा पार्न तयारी तिव्र पारेका छन् । गोरखा जिल्लामा नेपाली काग्रेस निकट कर्मचारी युनियन संघ, निजामती कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा भाग लिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology