गोरखा १, असोज । गोरखामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले बिहीबार बिहान ७:४५ बजे सूचना जारी गर्दै अजिरकोट गाउँपालिका ३ की ३० बर्षिया महिला र बारपाक सुलिकोट ३ का ५३ बर्षिय पुरुषमा संक्रमण भएको जनाएको छ ।
बारपाक सुलिकोट ३ स्वाँराका पुरुष गोरखा नगरपालिका ७ मा देखिएका कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा देखिए पछि भाद्र २८ गते स्वाब लिएरको गाउपालिका स्वास्थ्य प्रमुख कृण्ण भट्टले बताउनुभयो। संक्रमित ब्यत्ति स्वारामा रहेको आफ्नै घरमा सेल्फ क्वारिन्टीनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ ।