गोरखा ३१, भदौ । गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ का ४ जना जना कोरोना संक्रमितलाई आज गोरखा क्याम्पसको आइसोलेसनमा ल्याइएको छ । भदौ २८ गते संक्रमणको पुष्टी भएका ४ जना मध्ये २ जना र आज संक्रमणको पुष्टी भएका २ जनालाई आइसोलेसनमा ल्याइएको हो ।
आइतबार संक्रमण पुष्टी भएका वडा नम्बर ७ दुई जनालाई आइसोलेसनमा पठाइइएको छैन । भरतपुर अस्पतालमा सुत्केरी गराएर फर्किएकी सुत्केरी महिला र उनको श्रीमानलाई भने आइसोलेसनमा नपठाइएको हो । संक्रमित पुष्टी भएका उनिहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय हुन नसेको जनाइएको छ ।