Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको मनास्लु हिमाल चढ्न बहराइनका राजकुमार आइपुगे


2.8K
Shares

गोरखाको मनास्लु हिमाल चढ्न बहराइनका राजकुमार आइपुगे

गोरखा ३१ भदौ । गोरखाको मनास्लु हिमाल चढ्नका लागि बहराइनका राजकुमार नेपाल आईपुगेका छन् ।

राजकुमार नासिरबिन हमाद अल खलिफा आज बिहान ११ः०० बजे त्रिभुवन विमानस्थल अवतरण गरेका हुन् । उनी शेख इशा एयरवेजको विशेष विमान मार्फत काठमाण्डौं विमानस्थलमा आईपुगेका हुन ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोली सहित राजकुमार नेपाल आईपुगका हुन् ।

नेपालमा २ महिना बस्ने राजकुमारले लोबुचे हिमाल आरोग सकेर गोरखाको मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम तय भएको छ ।
राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युट गाइड खटाइने भएको छ । जसमा सर्वाधिक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेका छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने छन् ।

यो आरोहण अभियानमा करिब १५० जना भन्दा बढी शेर्पा प्रत्यक्ष संलग्न हुने अनुमान गरिएको छ । बहराइनका राजकुमारले गोरखाको मनास्ल हिमाल आरोहण सफल गरेमा विश्वभर मनास्लु हिमालको प्रचारमा झनै मद्दत पुग्ने पर्यटन ब्यवसायीहरुको विश्वास रहेको छ ।
्

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology