Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सिरानचोक गाउँपालिकाकी २० बर्षिय युवतीमा कोरोना संक्रमण पुष्टी


1.1K
Shares

सिरानचोक गाउँपालिकाकी २० बर्षिय युवतीमा कोरोना संक्रमण पुष्टी

गोरखा ३०, भदौ । गोरखामा थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।जिल्लाको सिरानचोक गाउँपालिका ६ की महिलामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

संक्रमण पुष्टी भएकी महिला सिरानचोक गाउँपालिका ६ बसेरी गाउँको भएको स्वास्थ्य प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिए । प्राप्त जानकारी अनुसार २० बर्षिय युवती राजधानीबाट भाद्र १८ गते घर आएर क्वारिन्टीनमा बस्दै आएकी थिईन ।

भाद्र २५ गते स्वाब संकलन गरेर क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परिक्षणमा उनलाई संक्रमण पुष्टी भएको हो ।

संक्रमित महिलालाई आइसोलेसन ल्याउने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology