Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

लामो बिबादपछि अन्तत् बामदेव गौतम राष्ट्रियसभामा सिफारिस


2K
Shares

लामो बिबादपछि अन्तत् बामदेव गौतम राष्ट्रियसभामा सिफारिस

काठमाण्डौ ३०, भदौ । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो । तत्कालीन अर्थमन्त्री समेत रहनुभएका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नुहुनेछ । सत्तारूढ नेकपाले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुन सक्ने गरी संविधान संशोधन नभएको भन्दै गौतमले अस्वीकार गर्नुभएको थियो । प्रधानमन्त्रीले पनि डा. खतिवडालाई पुनः राष्ट्रियसभामा लैजान चाहानुभएको थियो ।

त्यसैले संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थामा टेकेर डा. खतिवडालाई अर्थ र सञ्चारमन्त्री बनाउनुभएको थियो । वैशाखमा नेकपा सचिवालयले गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेपछि खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न सहज भएको मानिएको थियो ।

तर पार्टीभित्र चलेको पछिल्लो अन्तरसंघर्षमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका गौतमले राष्ट्रियभामा जाने इच्छा देखाउनुभयो । र, १५ भदौमा गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न आग्रह गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई दबाब परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology