गोरखा २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू गोरखाले सोमबार गोरखाका असाहाय तथा बिपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।
युवा संघ र अनेरास्ववियुले गोरखा नगरपालिका वडा नम्बर ४ स्थित फिनामका अति बिपन्न, अहासाय तथा कोरोना संक्रमणका कारण समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएका हुन ।
अहिलेको विषम परिस्थितीमा अत्यन्त कमजोर आर्थिक अबस्था भएका परिवारलाई बन्दाबन्दी तथा निशेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्न समस्या भएको भन्दै अत्यन्त समस्यामा परेकाहरुलाई नुन, तेल, चामल, लगायतका खाद्य सामाग्री बितरण गरेको अनेरास्ववियुले जनाएको छ । सो क्रममा सुत्केरी , अपाङ्ग , गरिब तथा बिपन्न परिवारलाई राहत बितरण जनाइएको छ ।। राहत वितरण सहयोग कार्यक्रममा सहजीकरण नेकपा वडा संगठन कमिटिले समन्वय गरेको थियो ।