Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

वडाध्यक्ष श्रेष्ठद्धारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग


2K
Shares

वडाध्यक्ष श्रेष्ठद्धारा जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग

गोरखा २९, भदौ ।  गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले आफ्नो जन्मदिनको अबसर पारेर सोमबार मानव सेवा आश्रमलाई खाद्यान्य सहयोग गर्नुभएको छ ।

जन्मदिनको अबसरमा वडाध्यक्ष श्रेष्ठले गोरखा सदरमुकाममा स्थित मानवसेवा आश्रममा पुगेर बालबालिकाहरुका लागि खाद्यान्य सहयोग गर्नुभएको आश्रमले जनाएको छ । बिभिन्न क्षेत्रका अभिभावक बिहिन बेहासार अनाथ र असाहाय बालबालिकहरुको संरक्षण गर्दै आएको आश्रममा श्रेष्ठले यस अघि पनि पटकपटक सहयोग गर्दै आउनु भएको छ ।

वडाध्यक्ष श्रेष्ठले  बिहान आश्रममा पुगेर २ बोरा चामल, ५ केजी दाल, ५ दर्जन बिस्कुट, एक प्याक तेल, पाँच केजी चना र पाँच केजी नुन लगायतका सामाग्री सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology