Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको छेवेटारबाट ५ बर्षिय बेबारिसे बालकको उद्धार


1.6K
Shares

गोरखाको छेवेटारबाट ५ बर्षिय बेबारिसे बालकको उद्धार

गोरखा २८, भदौ । गोरखा नगरपालिका–१० छेवेटारबाट एक बेबारिसे बालकको उद्धार गरि मानवसेवा आश्रम गोरखाको संरक्षणमा राखिएको छ । वडाध्यक्ष देवीबहादुर बस्नेतको पहलमा आमा र बुबा दुबैले अर्को बिहे गरी छोडेर गएपछि बेसाहारा बनेका ५ बर्षिय बालकको उद्धार गरि आज (आइतबार) मानवसेवा आश्रममा राखिएको हो ।

सानै उमेरमा आफ्ना आमाबुबाले छोडेर बेवारिसे बनाई अन्यत्र गएको र दुई बर्ष बितिसक्दा पनि कोहि सम्पर्कमा नआएपछि छिमेकी पाल्दै आएका बालकलाई आज उद्धार गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

उद्धार गरिएका बालक छिमेकी आश्रयमा रहेपनि छिमेकीको समेत आर्थिक अबस्था समेत नाजुक रहेको कारण पालनपोषण समस्या हुदै आएको थियो । आइतबार उद्धार गरिएका बालकका ७ बर्षिय दाईलाई पनि केही समय अघि उद्धार गरि मानव सेवा आश्रमको संरक्षणमा पठाइएको थियो ।

उनि उद्धार अघि छेवेटार बजार आसपासमा मागेर पेटपाल्दै आएका थिए । बालकको उद्धारसंगै वडाध्यक्ष बस्नेतले वडा कार्यालयको तर्फबाट एकसेट सिरक डसना पनि आश्रमलाई उपलब्ध गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology