गोरखा २६, भदौ । कोरोना संक्रमित बढ्न थालेपछि बाह्रय जिल्लाबाट गोरखा प्रवेश गर्ने नाकामा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोटको शुक्रबार बसेको भर्चुअल बैठकले जिल्ला भित्रने मुख्य नाका मुझुवामा आबश्यकताका अनुसार थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अघिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।
बैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाका मझुवा देउरालीमा सुरक्षा चेक जाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन आबश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । त्यस्तै जिल्ला भित्रने अन्य सवै नाकाहरुमा जिल्ला भित्रने र बाहिरिनेको बिस्तृत बिबरण राख्ने निर्णय बैठकले गरेको छ ।