गोरखा २६, भदौ । गएरातीदेखि परेको अबिरल बर्षापछि गएको पहिरोका कारण मूग्लिन नारायणघाट सडकखण्ड अबरुद्ध भएको छ । शुक्रबार बिहान इच्छाकामना गाउँपालिकाको वडा नम्ब र ६ मा पर्ने चारकिलो डाँडा नजिकै बिहान करिब ८ बजे पहिरो खसेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले जानकारी दिनुभयो ।
पहिरोले दुईतर्फी सडक नै अबरुद्ध भएको उहाँको भनाई छ । सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको तामाङले जानकारी दिनुभयो । अबरुद्ध सडक सूचारु गर्न करिब २ घण्टा भन्दा बढी लाग्न सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।