गोरखा २५, भदौ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा दुई जनाको कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५० जनाको आज स्वांब संकलन गरिएको छ । स्वांब संकलन गरिएकाहरुमा ३८ जना पुरुष र १२ जना महिला रहेका वडासदस्य सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
संकलित स्वा परीक्षणलाई पोखरा पठाइने जनाइएको छ । छिमकी वडामा कोरोना संक्रमणको पुष्टी भएपनि अहिले वडा नम्बर १ समेत सिल गरिदै आएको छ ।