Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अजिरकोट धन्सिराका पहिरो पिडितलाई खाद्यान्य सहयोग


5.2K
Shares

अजिरकोट धन्सिराका पहिरो पिडितलाई खाद्यान्य सहयोग

गोरखा २५ भदौ । पहिरोले पूर्ण बिस्थापित गोरखाको अजिरकोट गाउँपालिका–१ धन्सिरा साउनेपानीका ६ घर परिवारलाई आज खाद्यान्य सहयोग गरिएको छ । जनता समाजवादी युवा सघं गोरखाको समन्यवमा पार्टीको जापान शाखाका महासचिव मोती गुरुङको पहलमा जापान र बेलायतमा बस्दै आएकाहरुबाट आर्थिक सहयोग संकलन गरि खाद्यान्य सहयोग गरिएको संघका गोरखा जिल्ला अध्यक्ष मनबहादुर तामाङले जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिका–१ स्थायी घर भएका गुरुङको पहल आर्थिक संकलन गरि पहिरोबाट घर बगाएर पूर्ण रुपमा बिस्थापित भएका धन्सिराका पिडित परिवारलाई राहात स्वरुप खाद्यान्य बितरण गरिएको उहाँको बताउनुभयो । पहिरो पिडित परिवार अहिलेपनि त्रिपाल टाँगेर बनाइएको अस्थाई टहरामा बस्दै आएका छन् ।

जनता समाजवादी युवा सघं अजिरकोट गाउपालिका अध्यक्ष पुर्ण बहादुर घलेको अध्यक्षतामा भएको खाद्यान्य बितरण कार्यक्रममा अजिरकोट गाउँपालिका–४ का अध्यक्ष जंग बहादुर गुरुङ र जनता समाजवादी युवा सघं गोरखाका अध्यक्ष तामाङको लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology