Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटमा अति सिमान्तकृत बराम समुदायको सशक्तिकरणका लागि १ करोडको कार्यक्रम


2.7K
Shares

बारपाक सुलिकोटमा अति सिमान्तकृत बराम समुदायको सशक्तिकरणका लागि १ करोडको कार्यक्रम

दीपक श्रेष्ठ

गोरखा २२, भदौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा अति सिमान्तकृत बराम समुदायको सशक्तिकरण कार्यक्रमका लागि यो बर्ष एक करोड रुपैया बजेट बिनियोजन भएको छ । संघिय सरकारको बिशेष अनुदान कार्यक्रम अन्र्तगत बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको सशक्तिकरणका लागि अनुदान रकम प्राप्त गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

नेपालको अति सिमान्तकृत जाती भित्र पर्ने बराम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा उनिहरुको आर्थिक तथा सामाजिक बिकास लागि पहिलो पटक संघिय सरकारबाट अनुदान कार्यक्रम प्राप्त भएको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । ‘हामीले यो बर्ष ४ करोड रुपैया बराबरको योजना बनाएर संघमा प्रस्ताव पठाएका थियौ, उहाँले भन्नुभयो, सवै योजना स्विकृत त भएनन् तर त्यसले बराम समुदायको आर्थिक सामाजिक बिकासका लागि पहिलो पटक यत्ति बजेट प्राप्त हुनुले सरकारले अति सिमान्तकृत समुदायले बिकासका लागि ध्यान दिएको छ भन्ने स्पस्ट छ ।’

प्राप्त रकम बराम समुदायको आर्थिक सामाजिक तथा जिविकोपार्जन कार्यक्रममा खर्च गरिने गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । ‘यो बर्ष आएको एक करोड रकमले पालिका भित्र रहेका बराम समुदायको आर्थिक आयआर्जन बृद्धि हुने खालका कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले प्राथामिकता दिएको उहाँको भनाई छ ।

‘बिशेष गरी बाख्रा पालन, कुखुरा पालन, तरकारी तथा फलफुल खेती र सिपमुलक तालिमका शिर्षकमा बजेट खर्च गर्ने योजना गाउँपालिकाले बनाएको छ, उहाँले भन्नुभयो, त्यस बाहेक सचेतना कार्यक्रम तथा सामुदायिक भवन निर्माणका लागि प्रस्ताव गरेका थियौ तर त्यसका लागि भने बजेट बिनियोजन हुन सकेन ।’ गाउँपालिकाले पहिलो पटक चालु आर्थिक बर्ष २०७७÷०७८ बराम समुदायका सशक्तिकरणका लागि यति ठूलो बजेट ल्याउन सफल भएको उहाँको भनाई छ ।

प्राप्त बजेट आउदो असोज महिनादेखि नै कार्यान्वयनमा लैजाने गरि गाउँपालिकाले काम थालेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिनुभयोे । ‘टोलटोलमा समुह गठन गरी लक्षित समुदायको पनि अधिकत जनताले उपयोग गर्ने गरी कार्यक्रम छनोट गर्ने उहाँले जानकारी दिनुभयो । बारपाक सुलिकोट गाउँपालिका भित्र ८ हजारभन्दा बढी बराम समुदाय बसोबास रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology