गोरखा, ८ माघ । गण्डकी प्रदेशले बाँझो जमिनमा खेती गर्न चाहाने किसानहरूलाई प्रोत्साहन गर्ने भएको छ । बाँझो जमिनलाई उत्पादनशिल बनाउन प्रदेशले भू उपयोग ऐन निर्माण गरी बाँझो जमिनको उपयोग गर्न लागेको हो ।
बाँझो जमिनमा खेती गर्न चाहाने किसानहरूलाई लक्षित गर्दै सरकारले यो ऐन ल्याउन लागेको हो । यो ऐन अनुसार भूमी बैंक बनाएर काम गर्न लागिएको भूमी व्यवस्था, कृषि तथा शहकारी मन्त्री लेखबहादुर थापाले बताउनुभयो ।
गण्डकी प्रदेशमा २२ प्रतिशत खेतियोग्य जमिन मध्ये १५ प्रतिशत जमिन बाँझो रहेको छ ।