Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तीन दिनभित्र खटाएको ठाउँमा हाजिर हुन कर्मचारीलाई मन्त्रालयको कडा निर्देशन


1.2K
Shares

तीन दिनभित्र खटाएको ठाउँमा हाजिर हुन कर्मचारीलाई मन्त्रालयको कडा निर्देशन

काठमाण्डौ २३, भदौ । सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो ।

तीन दिन भित्र खटाइएको स्थानमा हाजिर नहुने कर्मचारीलाई कानुनी कारवाही पनि गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । खटाइएको ठाउँमा कर्मचारी नपुगेका कारण दैनीक कामकाज देखि अहिले विश्वभर फैलिरहोके कोभिड–१९ का कारण व्यवस्थापन गर्नुपर्ने लगायतका काम अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले खटाइएको ठाउँमा कर्मचारी नपुगको भए मन्त्रालयमा बेलैमा जानकारी गराउन पनि सबै तहका कार्यालयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology