गोरखा २२, भदौ । गोरखामा सोमबार(आज) ५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत गोरखा नगरपालिका वडा नम्बर ६ र १० का २ र वडा नम्बर १३ का ३ जना संक्रमित निको भएर घर फर्किएका गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
आइसोलेसनबाट डिस्चार्ज भएका सवैलाई १४ दिन अनिबार्य होमक्वारेन्टिनमा बस्न भनिएको उहाँको भनाई छ ।