Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोना पुष्टी भएकी मृतक महिलाको शव दरौदी नदी र लुदी खोला दोभानमा व्यवस्थापन गरिने


3.4K
Shares

कोरोना पुष्टी भएकी मृतक महिलाको शव दरौदी नदी र लुदी खोला दोभानमा व्यवस्थापन गरिने

गोरखा २१, भदौ । गोरखा अस्पतालका उपचारका क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको दरौदी नदी र लुदी खोलाको दोभानमा अन्येष्टी गरिने भएको छ । आइबार बसेको जिल्ला स्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले गोनपा १२ मा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारबाट जारी कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ बमोजिम अन्येष्टीका लागि परम्परागत रुपमा प्रयोग हुुदै आएको क्षेत्रमा मृतक महिलाको शव व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा दिने सुरक्षाको जिम्मा नेपाल प्रहरी तथा संसस्त्र प्रहरीलाई दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology