गोरखा २१, भदौ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय भवन निर्माृणको काम सम्पन्न भएको छ । गाउँपालिकाले बिनियोजनको ५० लाख रुपैयाका लागतमा भवन निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिनुभयो ।
नवनिर्मित भवनको आज गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले उद्घाट्न गर्नुभयो । निर्माण सम्पन्न भएको भवनको उद्घाटनसंगै आजैदेखि वडाको आफ्नै भवनबाट नागरिकहरुलाई सेवा दिन थालिएको वडाध्यक्ष अम्गाईले बताउनुभयो ।
भवनको उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रसासकिय अधिकृत जीवन आलेमगर, वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
वडाले वडा भित्रका सवै क्षेत्रका नागरिकहरुलाई पायक पर्ने गरि सन्तानेश्वर महादेव मन्दिर नजिकै नयाँ कार्यालय भवन निर्माण गरेको हो । नवनिर्मित भवनमा ४ कोठा सहितको शौचालय रहेको जनाइएको छ ।