Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उत्तरी कास्मिरमा पाकिस्थानी सेनाको गोली लागेर एक भारतीय सैनिकको मृत्यु


4.5K
Shares

उत्तरी कास्मिरमा पाकिस्थानी सेनाको गोली लागेर एक भारतीय सैनिकको मृत्यु

एजेन्सी २० भदौ । शनिबार उत्तरी काश्मिरमा पाकिस्तानले गरेको गोलबारी एक भारतीय सैनिक मारिएका छन् । उत्तरी काश्मिरको नौगाम सेक्टर र पुन्छ जिल्लाको कसबा सेक्टर शाहपुर किरानीमा अवस्थित नियन्त्रण रेखामा भीषण गोलीबारी भएको थियो । नौगाममा एक भारतीय सैनिक मारिएका हुन् ।                                             गोलबारीमा अन्य २ सैनिक घाइते भएका छन् । मारिने सैनिक भुपेन्द्र सिंह हुन् । घाइते हुनेमा एक लेसनायक र अर्का एक सिपाही रहेका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार पाकिस्तानी सेनाका १० बलोच बटालियनहरुले बिहान करिब ९ बजे शाहपुर किरानी र कसबा सेक्टरमा भारतीय सेनाको चौकीसहति आवासीय क्षेत्रमा मोर्टार प्रहार गर्न सुरु गरेका थिए ।                                                           त्यसलगत्तै भारतीय सेनाले प्रतिकार गरेको थियो । भारतीय सेनाले प्रतिकार सुरु गरेलगत्तै पाकिस्तानी सैनिकले नियन्त्रण रेखा वरिपरि गोलीबारीको दायरा बढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology