गोरखा २० भदौं । गोरखामा कोभिड १९ को सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन भन्दै अग्रमेर्चामा रहेका काम गर्ने बिभिन्न संघसस्थालाई १५ सय थान मास्क प्रदान गरिएकोे छ । जिल्ला समन्वय समिति मार्फत जिल्ला भित्रका सुरक्षाकर्मी, पत्रकार लगायत अग्रपत्तिंmमा रहेर काम गर्नेहरुका लागि विभिन्न संघ संस्थाले स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।
गुड नेवर्स इन्टरनेशनल नेपालले १००० थान सर्जिकल मास्क र भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले ५ सय थान सर्जिकल मास्क र २ लिटर स्यानिटाईजर जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ मार्फत हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखा, नेपाली सेनाको रणसिंह दल गण र शसस्त्र प्रहरी वललाई ४/४ सय थान मास्क एवम् स्यानिटाईजर ५००/५०० मिलिलिटर तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई सर्जिकल मास्क १०० थान जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले हस्तान्तरण गर्नु भएको हो ।
नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटा र गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक मन कुमार राईले उक्त कोभिड–१९ बाट सुरक्षित रहने स्वास्थ्य सामग्री प्रमुख गुरुङलाई हस्तान्त्रण गर्नुभएको जनाइएको छ ।