गोरखा १९ भदौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका- ७ स्थित पाँचखुवा देउरालीका स्वाब लिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
वडा कार्यालयको पहलमा त्यस क्षेत्रका ४० जनाको स्वाब संकलन गरि परिक्षणका पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।
वडाले रिपोर्ट आउदासम्मका लागि बिहिवार पाँचखुवा देउराली बजार सिल गरिएको थियो।
बारपाक सुलिकोट लगाय जिल्लाका अन्य विभिन्न क्षेत्र आउजाउ गर्ने मुख्या नाकामा पर्ने पाँचखुवा देउरालीमा त्यस क्षेत्रका व्यापारी, सवारी चालक तथा मजदुरहरुमा उच्च जोखिम हुने भएकाले उहाँहरुको कोरोना परीक्षण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उहाँले रिपोर्ट नेगेटिभ आएपनी सामाजिक दुरि कायम गरि स्वास्थ सुरक्षा अपनाउन तथा सचेत रहन सबै वडाबासीहरुलाई आग्रह गर्नुभएको छ ।