चितवन १९, भदौ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमण मुक्त हुनुभएको छ । गएको साउन ३१ संक्रमणको पुष्टी भएपछि आइसोलेसनमा भर्ना भई उपचार गराईरहनु भएका डा. तिवारी शुक्रबार कोरोना जितेर फर्कनु भएको हो ।
सोही अस्पतालको आइसोलेसनमा रहनु भएका उहाँको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभपछि आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो । संक्रमण मुक्त हुनुभएका मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारीले कोरोना भयंकर रोग नभए पनि सामान्य ठानेर हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो ।