काठमाडौं १९ भदौ, । ललितपुरमा बिहिबार (हिजो) भएको भीड नियन्त्रणका लागि खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ । निषेधाज्ञाको समयमा समेत रातो मछिन्द्रनाथको रथ तान्ने भएपछि त्यसलाई रोक्न खटिएका प्रहरीमै कोरोना संक्रमणको पुष्टी भएको हो । सो क्रममा त्यहाँ ठूलो संख्यामा प्रहरी र स्थानीयबासी बिच झडप समेत भएको थियो ।
भीड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ । संक्रमित सवै जना स्वाब दिएर ड्युटीमा खटिएका थिए । उपत्यमा शुक्रबार मात्र ५६ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
संक्रमित हुनेहरुमा महानगरिय प्रहरी प्रभाग काठमाण्डौंका १५ जना, ट्राफिक प्रहरी कार्यालय ललितपुरका १५ जना र महानगरिय प्रहरी कार्यालय रानीपोखरीका ८ जना रहेका छन् ।